प्रदेश सभा सदस्यलाई बत्तीदेखि भ्रमण भत्ताको सुविधा
काठमाडाैं | माघ १७, २०७९
कास्की: प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४ मा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलका नेता, उपनेता, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति, दलका सचेतक र सदस्यले सुविधा पाउनेछन् ।
प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपियाँ पारिश्रमिक पाउँछन् । उपसभामुख र विपक्षी दलका नेताले ६० हजार पारिश्रमिक पाउँछन् । दलका नेताले ५९ हजार पाँच सय, उपनेताले ५८ हजार ८४०, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापतिले ५८ हजार ८४०, दलको सचेतकले ५६ हजार ५२० र सदस्यले ५४ हजार दुई सय पारिश्रमिक पाउँछन् ।
सांसदले सञ्चार सुविधाबापत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक १५ सय, पाँच वर्षको अवधिमा एक पटक मात्र फर्निचर खर्चबापत ५० हजार, प्रतिमहिना बत्ती खर्च र पानीबापत १५ सय रुपियाँ पाउने व्यवस्था छ ।
विपक्षी दलको नेतालाई घर भाडाबापत मासिक २० हजार रुपियाँ दिइन्छ । प्रदेश सांसदले घरभाडास्वरूप प्रतिमहिना १५ हजार रुपियाँ पाउँछन् । सांसदले भ्रमण भत्ता पनि पाउने व्यवस्था छ । सांसदहरूले नेपालभित्र भए दुई हजार र विदेश भ्रमण गर्दा दैनिक भ्रमण गर्दाको दिनको अमेरिकी डलर रेटअनुसार १५० डलर पाउने व्यवस्था छ । सांसदहरू यात्रामा हुँदा बीमाबापत प्रतिभ्रमण १० लाख रुपियाँ पाउने व्यवस्था छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

